प्रस, वीरगंज, २ वैशाख/
प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्न हिजो बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलबारीमा मानिसहरूको भीड लागेको छ ।

लहान नपा–१२ स्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलबारीमा वैशाख १ गतेका दिन मात्र सो पूmल फुल्ने र सो फूल हेर्न दर्शनार्थीहरूको भीड हुने गरेको छ । राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रूखमा फुल्ने फूल हेर्न नेपाल तथा भारतबाट दर्शनार्थीहरू आउने गरेका छन् ।

सलहेश गाथामा सिराहाको महिसोथामा जन्मिएका लोकनायक सलहेशले फूल टिप्ने र उनको प्रणयस्थलको रूपमा यो फूलबारी रहेको मानिन्छ । आफ्नो क्षेत्रमा लोकनायकको रूपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेमको प्रतीकको रूपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरूको भीड लाग्ने गरेको मन्दिरका पुजारी जीतेन्द्रसिंह धामीले बताए ।

१३औं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर सलहेशले केही कारणवश अरूसँग विवाह गरे पनि उनीहरूबीचको प्रेमको प्रतीक पूmल रहेको पुजारी धामीले बताए । सोही प्रेमको प्रतीक सलहेश (सुनाखरी) फूल वैशाख १ गते फुल्ने गरेको जनविश्वास छ ।

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र १३औं शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले मनोकाङ्क्षा, सन्तानप्राप्ति, चर्म रोग, कुष्ठरोगलगायत रोगव्याधि हरण हुने जनविश्वास छ । मेला हेर्न सिराहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट सर्वसाधारणहरू आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here