प्रस, रौतहट, ९ असोज/
सडक निर्माण भएको तीन महीना नबित्दै भत्कन थालेको छ ।
देवाहीगोनाही नगरपालिकाको मलङचोकदेखि देवाही जाने सडक भत्कन थालेको छ ।
सो सडक तीन महीनाअघि ठेकेदार नागेन्द्र साहले कालोपत्रे गरेका थिए । सडक डिभिजन कार्यालयका प्राविधिकको मिलेमतोमा सडक गुणस्तरहीन बनेको सरोकारवालाहरूको भनाइ छ ।
सो सडकमा दुर्घटनाको जोखिम उच्च रहेकोले मर्मत गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।