प्रस, वीरगंज, २१ पुस/
जनमत पार्टी पर्साको आयोजनामा आइतवार वीरगंज महानगरपालिका–१६ इनर्वामा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

इनर्वास्थित संसारीमाई धर्मशालामा आयोजित शिविरमा १४० जनाको आँखा परीक्षण गरिएकामा ३४ जनामा मोतीबिन्दु फेला परेको जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

उनले मोतीबिन्दु फेला परेकाहरूलाई आगामी शनिवार वीरगंज सामुदायिक आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरिने बताए । शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका नेत्र अधिकृत महेशसिंह धामीलगायतको टोलीले आँखा परीक्षण गरेको थियो ।

जनमत पार्टीले जिल्लाका गरीब तथा विपन्नलाई लक्षित गरी आँखा चेकजाँच अभियान शुरू गरेको अध्यक्ष सर्राफले बताए । उनले यो अभियानलाई निरन्तरता प्रदान गरिने बताए । कार्यक्रममा जनमतका स्थानीय नेताहरू विद्यालाल प्रसाद, रम्भा मिश्र, सुजित चौरसिया, बृजकिशोर कलवार, राजनारायण मिश्र, नरेश राम, सत्युग साह, सिकेन्द्र राम, सञ्जय सिंह, निकेश महतो, लोकेश कर्ण, तुलसी रामलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here