प्रमोद यादव, पंचगावाँ, १६ भदौ/
पर्सा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार गत वर्ष सडक दुर्घटनाबाट जङ्गली जनावरहरूको मृत्यु सङ्ख्या बढेको देखिएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले चोरी शिकारीभन्दा सडक दुर्घटनाबाट जङ्गली जनावरहरूको मृत्यु बढी भएको बताए ।

उनले आव २०८०/८१ मा सडक दुर्घटनामा परेर तीनवटा बँदेल, छवटा चित्तल, एउटा रतुवा र दुईवटा आसामी बाँदर गरी १२ वटा जङ्गली जनावरको मृत्यु भएको बताए ।

यसैगरी, चोरी शिकारीका कारण एउटा बँदेल र एउटा जरायो गरी दुईवटा मारिएको उनले बनाए । उनले सोही अवधिमा तीनवटा चित्तलको प्राकृतिक मृत्यु र दुईवटा चित्तललाई कुकुरले टोकेर मारेको बताए ।

उनले गत आवमा वनसम्बन्धी दुईवटा मुद्दामा सातजना पक्राउ, वन्यजन्तुसम्बन्धी तीनवटा मुद्दामा पाँचजना पक्राउ परेका र पाँचजना फरार रहेका बताए ।

उनले गत आवमा वन्यजन्तुसम्बन्धी पाँचवटा र वनसम्बन्धी १९ वटा पुराना मुद्दा गरी २४ वटा मुद्दाको पैmसला गरिएको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here