नितेश कर्ण, वीरगंज, १४ वैशाख/
मटिहानी नगरपालिका–६ जरलहवाका आगलागीपीडितहरूलाई शुक्रवार सेभ द चिल्डे«न र युके एडको सहयोग तथा मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा राहत सामग्री वितरण गरिएको छ । महोत्तरी जिल्ला समन्वय एकाइका प्रमुख सुमनलाल कर्ण, नगरप्रमुख हरिप्रसाद मण्डल, नेपाली सेना परिकौली ब्यारेकका कर्नेल विशेष पौडेल, सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका प्रमुख घना भुसाललगायतले आगलागीपीडितलाई सरसफाइ सामग्री किट, भाँडाबर्तनको सेट, बालबालिकाहरूको लागि आवश्यक सामग्री वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here