प्रस, वीरगंज, १४ वैशाख/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र मुर्लीले शुक्रवार वीरगंज–१३ पावरहाउस चोकमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।
तीव्र गतिमा मोटरसाइकल नचलाउन, ओभरटेक नगर्न, मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न, सवारीसाधन चलाउँदा मोबाइलमा कुराकानी नगर्न आदि सचेतना लेखिएका सय थान पर्चा पनि वितरण गरिएको थियो ।
कार्यक्रममा केन्द्रका सचिव कुलनारायण प्रधान, प्रहरी, ट्राफिक प्रहरीलगायतले चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमबारे सचेत बनाएका थिए ।