प्रस, वीरगंज, १३ वैशाख/
विश्व औलो दिवस–२०८१ वीरगंजमा मनाइएको छ । वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय, पर्साको सहकार्यमा घण्टाघरबाट प्रभातफेरी निकालेर नगरपरिक्रमा गरिएको थियो ।

प्रभातफेरी घण्टाघरमा पुगेर कोणसभा गरी समापन भएको थियो । कोणसभामा वीरगंज महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिल यादवले औलो (मलेरिया) रोगका लक्षण र बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।

वीरगंज महानगर स्वास्थ्य महाशाखा अधिकृत सुमनचन्द्र ठाकुरले चालू आवमा वीरगंजमा रहेका अस्पतालहरूको तथ्याङ्कबाट सातजना औलोरोगी फेला परेको बताए ।

कार्यक्रममा विजामका नीरज साह र नर्सिङ क्याम्पसका विद्यार्थीहरूले पनि औलो रोगबारेमा प्रकाश पारेका थिए । कार्यक्रमस्थलमा औलो रोगबारे पर्चा वितरण, ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको स्वास्थ्य महाशाखाका अधिकृत ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here