प्रस, निजगढ, १५ चैत/
यङ स्टार युुनाइटेड क्लब निजगढ नगरपालिका–१० लालले बुधवार निजगढमा पत्रकार सम्मेलन गरी हिसाबकिताब सार्वजनिक गरेको छ ।

गत माघ २८ गते शुुरू गरी २८ गते सम्पन्न भएको क्लबद्वारा आयोजित दोस्रो ल्होछार कप नकाउट फूटबल प्रतियोगिता २०८० को पत्रकार सम्मेलनद्वारा हिसाबकिताब सार्वजनिक गर्दै स्वदेश, विदेशमा रहेका सहयोगी दाताहरू र स्थानीय तह, वडा कार्यालयलगायतबाट हालसम्म आठ लाख २१ हजार ७४२ रुपियाँ सहयोग प्राप्त भएको जनाउँदै छ लाख ६९ हजार खर्च भएको क्लबका अध्यक्ष अशोक लामाले जानकारी दिए ।

यस प्रतियोगिताका विजेता टीमलाई एक लाख १० हजार नगद पुुरस्कार, ट्रफी, मेडल, प्रमाणपत्र, उपविजेता टीमलाई ५५ हजार नगद पुुरस्कार, ट्रफी, मेडल, प्रमाणपत्र, अन्य उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत नगद पुुरस्कार, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष लामाले जानकारी दिए । सो प्रतियोगिताको उद्घाटन निजगढ नगरप्रमुुख सुुरथ पुुरी र समापन मधेस प्रदेशकी सांसद मीना लामाले गरेकी थिइन् ।

आगामी वर्ष पनि यस प्रतियोगितालाई निरन्तरता दिदै भव्य र सभ्यरूपमा सञ्चालन गरिने १० नं वडा कार्यालय निजगढ नगरपालिका लालका सदस्य एवं क्लबका सल्लाहकार कुुमार मोक्तानले जानकारी गराए । सो प्रतियोगिता लालको खेलमैदानमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here