प्रस, वीरगंज, १ जेठ/

वीरगंजमा रहेका कर्मकाण्डी ब्राह्मणहरूको मङ्गलवार सम्पन्न भेलाले उत्तम उपाध्यायको अध्यक्षतामा कर्मकाण्डी ब्राह्मण समाज वीरगंज कार्यसमिति गठन गरेको छ ।

घडीअर्वा पोखरी परिसरमा मङ्गलवार सम्पन्न समाजको भेलाले उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्ष विनोद सापकोटा, सचिव बलराम सुवेदी र कोषाध्यक्षमा बलराम तिमिल्सिनालगायत सदस्यहरू छन् । यसअघि समाजका अध्यक्ष पशुपति उपाध्याय थिए । तीन कार्यकालपछि आज नयाँ नेतृत्व चयन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here