प्रस, वीरगंज, १ जेठ/

छिमेकी भारत, बिहारका मुख्यमन्त्री नीतीश कुमार जेठ ३ गते पूर्वी चम्पारणको भेलाहीमा चुनावीसभाको लागि आउने भएका छन् ।

लोकसभा चुनावलाई लक्षित गरेर मुख्यमन्त्री नीतीश कुमार पश्चिम चम्पारण लोकसभा प्रत्यासी सञ्जय जयसवालको लागि मत माग्न भेलाही आउन लागेको बताइएको छ । मुख्यमन्त्रीको भेलाही आगमनलाई लिएर सुरक्ष्Fाकर्मीहरूले तयारी पूरा गरेका छन् ।

एसपी कान्तेश मिश्रलगायतको टोलीले स्थलगत भ्रमण गर्दै मुख्यमन्त्रीको चुनावीसभाको तयारीका लागि सुरक्ष्Fा प्रबन्ध मिलाइएको बताए ।

यसैगरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि सीमावर्ती क्षेत्रमा सुरक्ष्Fा प्रबन्ध कडा गरेको छ । भाजपा विधायक प्रमोद सिन्हाले यसअघि भेलाहीमा मुख्यमन्त्री नीतीश कुमारले दुईपटक चुनावीसभा गरिसकेको र कुनै समस्या नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here