गेबोरोन (बोत्स्वाना), १ जेठ/सिन्ह्वा

बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले कीरा, झार र रोगहरू व्यवस्थापन गर्न कीटनाशकहरूको व्यापक प्रयोगले इकोसिस्टम स्वास्थ्यका लागि आवश्यक प्रजातिहरूलाई हानि पु¥याउन सक्ने चिन्ता व्यक्त गरेको छ ।

सोमवार बोत्स्वानाको राजधानी गाबोरोनमा अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य दिवसको उपलक्ष्यमा एफएओका सहायक प्रतिनिधि लेसेडी मोडो–मोपेल्वाले कीरा, झार र अन्य कीराका कारणले हरेक वर्ष ४० प्रतिशतसम्म खाद्य बाली नष्ट हुने बताए ।

“यसले अर्थतन्त्रलाई मात्र असर गर्दैन, तर देशको खाद्य र पोषण सुरक्षालाई पनि गम्भीररूपमा असर गर्छ । विशेषगरी धेरैजसो कृषिमा निर्भर ग्रामीण समुदायका कमजोर समूहहरूका लागि असर गर्छ,” उनले भने ।

मोडो–मेपोल्वाका अनुसार जलवायु परिवर्तन र मानव गतिविधिहरूले पनि बोटबिरुवाको स्वास्थ्यलाई हानि पु¥याइरहेको छ । कीरा र रोगहरूका लागि अनुकूल घर बनाइरहेको छ । यसले उनीहरूलाई पहिले नदेखिएका क्षेत्रहरूमा उत्पन्न गराइरहेको छ ।

उनले कीटनाशकको प्रयोगले रोगको फैलावट, जोखिममा पर्न सक्ने परागकण, प्राकृतिक कीट शत्रु र स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि आवश्यक जीवहरूको प्रतिक्रियामा वृद्धि हुन सक्ने बताए ।

“त्यसैले फाइटोसेनेटरी उपायका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू जस्ता विश्वव्यापी सहयोग र अन्तर्राष्ट्रिय मापदण्डहरू प्रवद्र्धन गरेर सिमाना पारि बिरुवाको स्वास्थ्यको रक्षा गर्नु महŒवपूर्ण छ,” उनले भने ।

बोत्सवाना अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धि (आइपिपिसी)सँग सम्बद्ध छ । यसले विश्वको बोटबिरुवा, कृषि उत्पादनहरू र प्राकृतिक स्रोतहरूलाई बिरुवाका कीटहरूविरुद्ध सुरक्षित गर्न खोज्छ ।

आइपिपिसीले अफ्रिका फाइटोसेनेटरी प्रोग्राम (एपिपी) सिर्जना गरेको छ । यो महादेशको पहिलो फाइटोसेनेटरी कार्यक्रम हो । यसले सबै ५४ अफ्रिकी देशलाई बिरुवाको कीटहरूबाट बच्न र नियन्त्रण गर्न मदत गर्ने लक्ष्य राखेको छ ।

एपिपी, एफएओ र अफ्रिकी सङ्घको सहयोगमा लागू गरिएको आइपिपिसीको पाँच वर्षको पहलको उद्देश्य अफ्रिकी राष्ट्रिय वनस्पति संरक्षण सङ्गठन

(एनपिपिओ)लाई प्रभावकारीरूपमा निगरानी गर्ने, कुशलतापूर्वक र चाँडै पत्ता लगाउने र अन्ततः बिरुवाको कीटहरूबाट पुनप्र्राप्ति गर्न सशक्त बनाउने रहेको छ । एपिपीको पाइलट चरणमा ११ अफ्रिकी मुलुक सामेल

छन् ।

संयुक्त राष्ट्रसङ्घले मे १२ लाई अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य दिवसका रूपमा तोकेको छ । यो आइपिपिसी सचिवालय र एफएओद्वारा आयोजित दिवस हो । यस वर्षको स्मृति दिवस ‘बिरुवा स्वास्थ्य, सुरक्षित व्यापार र डिजिटल प्रविधि’ नाराका साथ मनाइएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here