प्रस, परवानीपुर, १ जेठ/

एनआइसी एशिया लघुवित्त कार्यालय, परवानीपुरमा मङ्गलवार तोडफोड तथा आगजनी भएको छ ।

दुर्गा प्रसाईं समूहले वैशाख २६ गतेदेखि जारी गरेको आन्दोलनको क्रममा आज दिउँसो १ः३० बजे परवानीपुर गाउँपालिका–३ स्थित एनआइसी एशिया लघुवित्त कार्यालयमा तोडफोड र आगजनी गरिएको बताइएको छ ।

१५–२० जनाको समूहमा रहेका व्यक्तिहरू दिउँसो १ः३० बजे लघुवित्तमा प्रवेश गरेका र त्यहाँ रहेका फर्निचर, कम्प्युटर तोडफोड गर्नुका साथै तमसुक, भौचरहरू जलाएर नष्ट गरेको शाखा प्रमुख सन्तोष दासले बताए ।

उनले १५–२० जनाको समूह कार्यालयमा प्रवेश गरेर १५ मिनेटभित्र वितण्डा मचाएर फर्केको बताए । प्रबन्धक दासले खराब कर्जाको कारण कालोसूचीमा परेका ऋणीहरूको समूहबाट आजको घटना भएको आरोप लगाएका छन् ।

प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सकेको छैन । जिप्रका, बाराले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । दुर्गा प्रसाईं समूहले हिजो कलैया उपमहानगरपालिकास्थित एभरेस्ट बैंकमा प्रदर्शन गरी ढुङ्गामुढा गरेको

थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here