दिनेशकुमार मिश्र, वीरगंज, १ जेठ/

पोखरिया नगरपालिकाको आयोजना र युएसएडको सहयोगमा किशोरकिशोरी तथा बालबालिकाहरूको मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगरप्रमुख प्रद्युम्न चौहानले बालबालिकाहरूमा मानसिक समस्या दिनहुँ बढिरहेको र किशोरकिशोरीहरूमा आत्महत्या गर्ने प्रवृत्ति बढिरहेकाले मानसिक स्वास्थ्य सम्बन्धमा संवेदनशील हुन आवश्यक रहेको बताए । उनले स्वास्थ्य दृष्टिकोणबाट यसको समाधान खोज्ने प्रयास हुनुपर्ने बताउँदै सामाजिक, राजनीतिकरूपमा पनि यसबारेमा चिन्तन जरुरी भएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले किशोरकिशोरीको मनोविज्ञान बुझ्नुका साथै उनीहरूको दैनिकीमा निगरानी बढाउन आवश्यक रहेको बताए ।

उनले वडा कार्यालय र स्वास्थ्यकर्मीहरूबाट यसको पहल प्रभावकारी हुने बताए । उनले बालबालिका, किशोरकिशोरीहरूमा पछिल्लो समयमा मानसिक रोग बढेकाले आत्महत्या गर्ने प्रवृत्ति बढेको दाबी गरे । कार्यक्रममा उपप्रमुख रुबी ठाकुर, स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रलगायत वडाध्यक्ष, सदस्य र स्वास्थ्य चौकीका कर्मचारीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here