छिपहरमाई गाउँपालिकाको सहयोगमा युवा समाज भिस्वाद्वारा आयोजित मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विन्ध्यवासिनी गाउँपालिकाले जितेको छ ।
मङ्गलवार आयोजित प्रतियोगिताको फाइनलमा पकाहामैनपुरलाई पाँच विकेट अन्तरले पराजित गर्दै विन्ध्यवासिनीले उपाधि जितेको हो । प्रतियोगितामा पहिला ब्याटिङ गर्दै पकाहामैनपुरले निर्धारित २० ओभरको खेलमा १८.४ ओभर खेल्दै सबै विकेट गुमाएर १२४ रन बनाएको थियो ।
प्रतिउत्तरमा विन्ध्यवासिनी गापाले १४.५ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य हासिल गर्दै उपाधि जित्यो । प्रतियोगिताका विजयी टीमलाई उपप्रमुख लीलावती देवीले ३१ हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिन् ।
यसैगरी, वडाध्यक्ष्F मौजेलाल साह कानूले उपविजेतालाई २१ हजार नगद, शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरे । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ विन्ध्यवासिनी गापाका प्रवीण कुमार घोषित भए । सात दिनसम्म चलेको प्रतियोगिता तीन दिन वर्षाको कारण स्थगित गर्नुपरेको थियो । प्रतियोगितामा आठवटा टीम सहभागी भएको आयोजक कमिटीले जनाएको छ ।