काठमाडौं, १ जेठ/रासस

नेपाल धितोपत्र बोर्डले मङ्गलवारदेखि लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवा शुल्क (कमिशन) घटाएको छ । अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिशन घटाइएको बोर्डले जनाएको छ ।

“धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलालीबापत लिन सक्ने सेवा शुल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकामा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागू हुने निर्णय भएको छ,” बोर्डले भनेको छ ।

यसअघि रु ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था रहेकामा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, रु ५० हजारदेखि रु पाँच करोडसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत सेवा शुल्क रहेकामा त्यसलाई घटाएर शून्य दशमलव ३३ प्रतिशत कायम गरिएको छ ।

बोर्डका अनुसार रु पाँच लाखदेखि रु २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत सेवा शुल्क लाग्दै आएकामा त्यसलाई शून्य दशमलव ३१ प्रतिशतमा झारिएको छ । रु २० लाखभन्दा माथि रु एक करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा त्यसलाई शून्य दशमलव २७ प्रतिशतमा झारिएको छ । त्यसैगरी, रु एक करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवा शुल्क लाग्दै आएकामा शून्य दशमलव २४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here