प्रस, जीतपुर, १ चैत/
गैरसरकारी संस्थाको सहयोगमा नेपाल कुष्ठरोग निवारण कार्यालय, बाराले एक दिने कुष्ठरोग एवं सुरक्षा, संरक्षण विषयक कार्यक्रम बुधवार सिमरामा सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी पत्रकारहरूलाई डा प्रकाश पौडेल, आयोजक संस्थाका रामहरि रेग्मीले कुष्ठरोगबारे विस्तृत जानकारी दिनुका साथै यसबारे आआप्mनो कार्यक्षेत्रमा जानकारी दिन आग्रह गरे ।
कुष्ठरोगको पहिचान तथा उपचारबारे जानकारी दिंदै वक्ताहरूले पहिले कुष्ठरोगीलाई गाउँघरबाट निकाला गरिन्थ्यो तर अहिले यस रोगको उपचार हुने भएकोले लापरवाही नगर्न आग्रह गरे । उनले कुष्ठरोगीले स्थानीय स्वास्थ्य चौकीमा गएर निश्शुल्क उपचार तथा औषधि सेवन गर्न सुझाव दिए ।