प्रस, वीरगंज, १ चैत/
जिल्ला प्रहरी कार्यालय, बाराले एक करोड १८ लाख मूल्य बराबरका विभिन्न सामान बरामद गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय, जीतपुरले बिहीवार जीतपुरसिमरा उपमहानगरपालिका–७ बाट वीरगंजबाट बाँके जाँदै गरेको ना.६ख ६५१३ नम्बरको ट्रकबाट एक करोड १७ लाख ५३ हजार मूल्य बराबरका सामान नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here