प्रस, निजगढ, १७ माघ/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको खोलामा स्थानीय तहको गैरजिम्मेवारी र ठेकेदार कम्पनीको चरम लापरवाही देखिएसँगै मापदण्ड पूरा गरेर मात्र नदीजन्य पदार्थ उत्खनन, ओसारपोसार र घाटगड्डी गर्न निर्देशन दिइए पनि बालगङ्गा खोलामा स्थलगत निर्देशनलाई बेवास्ता गरेको पाइएको छ ।

जिल्ला समन्वय समिति, बाराका प्रमुुख नरेन्द्रकुुमार साहको नेतृत्वमा मङ्गलवार गएको अनुुगमन टोलीले पसाहा, बालगङ्गा, दुुधौरा खोलाको स्थलगत अनुगमन गर्दै कडाइका साथ उक्त निर्देशन दिइए पनि जय मातादी कन्सट्रक्सन कलैया उपमहानगरपालिका–१ बाराले अवैधरूपमा बुुधवार पनि खोला उत्खनन जारी राखे पनि जिल्ला प्रशासन कार्यालय, बाराको निर्देशनमा प्रहरी टोली बालगङ्गा खोलामा पुगी एउटा एक्साभेटरको साँचो नियन्त्रणमा लिएको जैतापुर प्रहरी चौकीका इन्चार्ज पूर्ण तामाङले बताए । टिपर चालकलगायत अन्य भागेको प्रहरीले जनाएको छ ।
निर्देशनको पालना नगरी अवैध उत्खनन गरेको सूचना प्राप्त भएसँगै जिल्ला समन्वय समिति बाराको आग्रहमा जिल्ला प्रशासन कार्यालय बाराको निर्देशनमा प्रहरी टोली अवैध उत्खनन रोक्न बालगङ्गा खोलामा पुुगेको थियो ।

जीतपुुरसिमरा उपमहानगरपालिकाका खोलाहरूमा नदीजन्य पदार्थको ठेक्का बन्दोबस्ती गर्दै ठेक्का लगाएसँगै ठेक्का सकार गर्ने ठेकेदार कम्पनीहरूलाई उत्खनन कार्यादेश दिई लगभग एक सातादेखि ती तीनवटै खोलाबाट नदीजन्य पदार्थको जथाभावी उत्खनन गरेको पाइएको अनुुगमन टोलीको ठहर छ ।

खोलाको ठेक्का लगाउने स्थानीय तह जीतपुुरसिमरा उपमहानगरपालिकाले उत्खनन क्षेत्रको यकीन र रेखाङ्कान वा कुुनै सङ्केत राखी ठेकेदारलाई खोलामा नदीजन्य पदार्थ उत्खनन अनुमति कार्यदेश दिनुपर्नेमा त्यस कार्यको ठीकविपरीत कार्य गरेको पाइएसँगै सो अनुुगमन टोलीले तत्कालै नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसार गर्न रोक लगाएको जिल्ला समन्वय समिति, बाराका प्रमुुख नरेन्द्रकुुमार साहले बताए ।

ठेकेदार कम्पनीलाई खोलामा जान दिइनुुअघि नै वातावरणीय परीक्षण प्रतिवेदनका शर्तहरूको पालना गर्नुपर्नेमा सोको एक रती पनि न त स्थानीय तहले, न त ठेकेदार कम्पनीले पालना गरेको नपाइएको अनुुगमन टोलीमा रहेका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले प्रतिक्रिया दिए ।

दुधौरा खोलाको पश्चिमी खोला किनारमा नदीजन्य पदार्थ उत्खनन गर्ने एक्साभेटर र त्यसको अपरेटरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय बारालाई लिखित पत्राचार गर्नसमेत प्रजिअ घिमिरेले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख शिवजी प्रसाद र इन्जिनीयर सञ्जीव रूपाखेतीलाई निर्देशनसमेत दिएका छन् ।

खोलाको बीच भागबाट च्यानलाइजेशन हुुनेगरी नदीजन्य पदार्थ उत्खनन गर्नुपर्नेमा खोलाको पश्चिमी किनारमा वन क्षेत्रलाई असर गर्नेगरी खनेर पुुरेको पाइएको छ ।

“स्थानीय तह जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्काको नाममा ठेकेदारलाई कार्यादेश दिई करोडौं असुुल्ने र सीधैं ठेकेदारलाई खोलामा पसाएर नदीजन्य पदार्थको ब्रह्मलुट गर्न पठाएको जस्तो देखियो,” अनुुगमन टोलीका अधिकांश सदस्यले खोलाको स्थलगत वस्तुुस्थिति हेर्दै भने । “स्थानीय तहको दादागिरी र मनलाग्दी शुरूमैं देखियो,” अनुुगमन टोलीका एक सदस्यले आक्रोशित हुँदै भने ।

स्थानीय तहले शुुरूमैं हदै नाघ्यो । खोलाको ठेक्का लगाइ ठेकेदारलाई कार्यदेशसमेत दिई उत्खनन शुुरू गरेपछि स्थानीय तह आफैंले दक्ष प्राविधिकसहितको कर्मचारीद्वारा दैनिक अनुुगमन गर्नुपर्नेमा खोलामा जिल्ला अनुुगमन टोली पुुगेको जानकारी पाएपछि जीतपुुरसिमरा उपमहानगरपालिकाका प्रमुख शिवजी प्रसाद र इन्जिनीयर सञ्जीव रूपाखेतीलगायत केही कर्मचारी हतारहतार खोलाको उत्खनन स्थल आएका थिए ।

ठेकेदार कम्पनीलाई खोला खन्न कार्यदेश दिएर ठेकेदार कम्पनीले धमाधम खोलामा नदीजन्य पदार्थ उत्खनन गर्दै ओसारपोसार गरिरहँदासम्म पनि जीतपुुरसिमरा उपमहानगरपालिकाले जिल्ला समन्वय समिति बारालाई वातावरणीय परीक्षण प्रतिवेदन, ठेक्का सम्झौतालगायतका कागजात उपलब्ध गराएको थिएन । प्रमुख जिल्ला अधिकारीले केही दिन अघि मात्र जिससलाई खोला ठेक्कासम्बन्धी आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराउन जीतपुरसिमरा उपमहानगरपालिकालाई निर्देशन दिएपछि मात्र कागजात उपलब्ध गराएको बाराका जिल्ला समन्वय अधिकारी आमोद चौधरीले बताए । सो ठेक्का खोल्दासमेत जिसस कार्यालयलाई जानकारी नदिइएको उनले बताए ।

पसाहा, बालगङ्गा, दुुधौरा खोलामा आठवटा उत्खनन प्वाइन्ट रहेको र प्रत्येक प्वाइन्टबाट दैनिक तीन सय घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्नेगरी वातावरणीय परीक्षण प्रतिवेदन वन तथा वातावरण निर्देशनालयबाट स्वीकृत भएको हुनुपर्ने खोलाको अनुुगमनको जिम्मेवारी पाएको स्थानीय तह जीतपुरसिमरा उपमहानगरपालिकाका इन्जिनीयर सञ्जीव रूपाखेतीले प्रतिक्रिया दिए । स्वीकृत प्रतिवेदनमा प्रत्येक खोलाबाट जतिसुुकै उत्खनन प्वाइन्ट भएपनि दैनिक तीन सय घन मिटरभन्दा बढी नदीजन्य पदार्थ उत्खनन, ओसारपोसार, घाट गड्डी गर्न नपाइने स्पष्ट उल्लेख छ । महानगरपालिकाको आडमा इन्जिनीयर रूपाखेतीको समेत मिलेमतोमा ठेकेदारले नदीजन्य पदार्थ उत्खनन गरेको आशङ्का छ ।

स्थानीय तह जीतपुरसिमरा उपमहानगरपालिकाले लगाएको नदीजन्य पदार्थ अन्तर्गत पसाहा खोलाको ३७ लाख १३ हजार ८०२ घनफिट नदीजन्य पदार्थको लागि ठेक्का न्यूनतम रकम मूअकरसहित तीन करोड २५ लाख २३ हजार ६२३ रुपैयाँ तोकिएकोमा सोमन सप्लार्यस जीतपुरसिमरा उपमहानगरपालिका–१८ ले मूअकरसहित चार करोड दुई हजार, बालगङ्गा खोलाको २६ लाख ५३ हजार ०५६ घनफिट नदीजन्य पदार्थको लागि ठेक्का न्यूनतम रकम मूअकरसहित दुई करोड ३८ लाख ३३ हजार ७२९ रुपैयाँ तोकिएकोमा जय मातादी कन्स्ट्रक्सन, कलैयाले मूअकरसहित चार करोड १६ लाख ९६ हजार ९९८ रुपैयाँ ८७ पैसा र दुुधौरा खोलाको १८ लाख ७३ हजार ५०९ घनफिट नदीजन्य पदार्थको लागि ठेक्का न्यूनतम रकम मूअकरसहित एक करोड ६८ लाख ३० हजार ६७० रुपैयाँ तोकिएकोमा सन्देश सप्लार्यस जीतपुरसिमरा उपमहानगरपालिका–२ ले मूअकरसहित दुई करोड ४९ लाखमा ठेक्का सकार गरेको जनाएको छ ।
उक्त अनुगमन टोलीमा जिसस अध्यक्ष नरेन्द्रकुुमार साह, बाराका प्रमुुख जिल्ला अधिकारी शशिधर घिमिरे, राष्ट्रिय अनुुसन्धान कार्यालय बाराका प्रमुख अभिनय सिंह, जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्ले, सशस्त्र प्रहरी सुुरक्षा बल बाराका एसपी टोपबहादुुर डाँगी, जिल्ला समन्वय अधिकारी आमोद चौधरी, इन्जिनीयर राजेश चौधरीलगायतको टोली रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here