प्रस, रौतहट, २३ मङ्सिर/
माधवनारायण नगरपालिका–७ लौकाहामा करेन्ट लागेर एक पुरुषसहित गोरुको मृत्यु भएको छ । शनिवार बिहान हलो जोतिरहेका बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।

लौकाहा गाउँछेउको खेतमा हलो जोतिरहेका बेला खेतमैं झरेको ११ हजार भोल्टको तारबाट करेन्ट प्रवाह भई पण्डित र गोरुको मृत्यु भएको प्रहरी निरीक्षक झलक शर्माले बताए ।

घटनाको खबर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय, रौतहटबाट प्रहरी निरीक्षक शर्माको नेतृत्वमा प्रहरी टोलीले घटनाबारे अनुसन्धान शुरू गरेको छ ।

विद्युत्को पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकीन हुन सकेको छैन प्रनि शर्माले बताए । “घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ,” उनले भने ।

अहिले घटनास्थलको मुचुल्का तथा मृतक पण्डितको शव शल्यपरीक्षणको लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रनि शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here