प्रस, वीरगंज, ९ असोज/

वीरगंज महानगरपालिका कार्यालयले दुई महीनामा १० करोड ३८ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।

वीरगंज महानगर राजस्व महाशाखाका प्रमुख मनोज कर्णले आव २०८०/८१ को साउन १ देखि ३२ गतेसम्म एक महीनामा छ करोड ३० लाख ३१ हजार ४४० राजस्व सङ्कलन गरेको थियो भने भदौ १ देखि ३१ गतेसम्म चार करोड आठ लाख २० हजार २१० गरी दुई महीनामा रु १० करोड ३८ लाख ५१ हजार ६५० राजस्व सङ्कलन गरेको बताए ।

महानगरले आव २०८०/८१ को भदौ १ देखि ३१ गतेसम्म सम्पत्ति करमा दुई करोड ३० लाख छ हजार ५४१, भूमिकर/मालपोत करबाट १० लाख २१ हजार ७७९, घरबहाल करबाट ५० लाख ९६ हजार १११, बिटौरी करबाट दुई लाख ९० हजार, साना सवारीबाट पाँच लाख नौ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १४ हजार चार सय, व्यवसाय रजिस्टे«शन करबाट २८ लाख ८८ हजार एक सय, सरकारी सम्पत्ति बहालबाट दुई लाख १३ हजार ७५०, अन्य सेवा शुल्कबाट २५ लाख ६० हजार, प्रशासनिक सेवा शुल्कबाट एक लाख ७५ हजार, नक्शापासबाट २१ लाख २८ हजार, सिफारिश दस्तुरबाट १९ लाख २५ हजार, व्यक्तिगत घटना दस्तुरबाट दुई लाख ७३ हजार र नाता प्रमाणितबाट दुई लाख ३४ हजार गरी भदौ एक महीनामा चार करोड आठ लाख २० हजार २१० राजस्व सङ्कलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here