चिरञ्जीवी सापकोटा, ठोरी, ५ भदौ/
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको आयोजनामा मङ्गलवार ठोरी गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडार, गृष्म आवि रामनगर, ब्रह्मपुरी आवि र ठोरी–२ को फायरलाइनका स्थानीयहरूलाई मानव र हात्तीसम्बन्धी विद्यालय तथा समुदायमा आधारित सचेतनामूलक कार्यक्रम गरिएको छ ।

निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतको प्रमुख आतिथ्य तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भएको कार्यक्रममा हिमाली प्रकृति संस्थाका विशाल कोइरालाले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक कोइरालाले हात्तीसम्बन्धी विभिन्न जानकारी दिंदै हात्ती आए के गर्ने, कसरी बाँच्ने, हात्तीले पु¥याउन सक्ने मानवीय क्षति, जङ्गलनजीक घर भएकाहरूले कसरी बाँच्ने, के गर्न हुने/के गर्न नहुने, हात्तीले गन्धले थाहा पाउने वस्तु, जङ्गल जाँदा कसरी सचेत हुने, हात्तीसँग अचानक जम्काभेट हुँदा बच्ने उपायबारेमा विद्यार्थी र स्थानीयलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा दीपकनगर रेन्जपोस्ट ठोरीका रेन्जर दिनेशकुमार यादवले वन्यजन्तुले समुदायमा पार्ने क्षति, समुदायबाट वन्यजन्तुलाई परेको असर, वन्यजन्तु र मानवबीच हुनुपर्ने सम्बन्धबारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले ठोरी राष्ट्रिय निकुञ्जको सिमानामा रहेको र हात्तीले बालीनालीदेखि मानवीय क्षतिसमेत गर्ने उच्च जोखिम स्थानका समुदाय र विद्यार्थीलाई हात्ती र मानवबीच सहअस्तित्वका बारेमा जानकारी दिने हिमाली प्रकृति संस्थालाई धन्यवाद दिए । मानवको अस्तित्व जत्तिकै हात्तीलगायत वन्यजन्तुहरूको पनि रहेकाले वन्यजन्तुबाट हुने क्षतिबाट बच्न हरबखत सचेत हुनुपर्ने बताए । अध्यक्ष बस्नेतले हात्तीले पु-याउने क्षति र क्षतिपूर्तिको व्यवस्थाबारेमा समुदाय र विद्यार्थीलाई सचेत पारेका थिए । कार्यक्रमको सहजीकरण समुदायमा आधारित चोरी शिकारी एकाइकी अध्यक्ष सपिका मगरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here