प्रस, वीरगंज, १७ भदौ/

नवौं राष्ट्रिय सितेरिया कराँते प्रतियोगिताको लागि पर्सा जिल्लास्तरीय खेलाडीहरूको छनोट प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ।

पर्सा जिल्ला सितेरियो कराँते एशोसिएशनले वीरगंज घडीअर्वास्थित खेलकूद विकास समितिको प्राङ्गणमा आयोजित प्रतियोगितामा पुरुषतर्फ ५० किलो तौल समूहमा हासिम मन्सुरी जिल्ला प्रथम भएका छन् भने ५५ किलो तौल समूहमा शिवम् शाक्य, ६० किलो तौल समूहमा राम केशरी र ७६ किलो तौल समूहमा कुणाल साह प्रथम हुँदै छनोट भएका छन्।

त्यसैगरी, महिलातर्फ ४५ किलो तौल समूहमा वर्षा पोखरेल, ५० किलोमा ऋषभ गिरी र ५५ किलो तौल समूहमाट हेमा मगर प्रथम भएका छन्। विभिन्न तौल समूहका ३० जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेहरूले मात्रै प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउने पर्सा जिल्ला सितेरियो कराँते एशोसिएशनका अध्यक्ष विकाश साहले जानकारी गराए।

छनोट प्रतियोगिताको निर्णायकमा अन्तर्राष्ट्रिय रेफ्री चित्रबहादुर पुलामी, खेलकूद विकास समितिका प्रतिनिधि नाजीर हुसेन, तेक्वान्दो प्रशिक्षक महम्मद सकिल, जुडो प्रशिक्षक पृथ्वी आलोक, सङ्घका प्रतिनिधि राजु साह र कासिम शाह निर्णायकमण्डलमा थिए।

मधेस प्रदेशस्तरीय प्रतियोगिता यही भदौ २५ गतेबाट लहानमा शुरू हुन गइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here