प्रस, रक्सौल, ३१ भादौ/
रक्सौलको मुख्य सडक निर्माणका लागि अतिक्रमण हटाउने काम शुरू भएको छ ।
रक्सौलको बाटाचोक–गण्डक नहर सडकखण्डमा रहेका अतिक्रमण हटाउन बुधवारदेखि अभियान शुरू भएको हो ।
सडक, फूटपाथ अतिक्रमण गरेर पसल, गुम्टी–पसल, ठेला, मोटरसाइकल पार्किङ गरिंदै आएकोमा प्रहरी परिचालन गरेर सडक फूटपाथ अतिक्रमित क्षेत्र खाली गराउने काम भएको छ ।
रक्सौलको मुख्य सडक अतिक्रमणको शिकार भएर साँघुरिंदै जाँदा सवारी जाम बढी हुने गरेको छ ।
मुख्य सडक वरिपरि सरकारी र निजी बैंकहरू आफ्ना ग्राहकका लागि सवारी पार्किड्ढो व्यवस्था नगर्दा बैंक सञ्चालन अवधिमा जथाभावी सवारी पार्किङ हुँदा जाम हुने गर्छ । मुख्य सडक निर्माणको लागि अतिक्रमण हटाउने काममा डिसिएलआर सहकार्यपालक पदाधिकारी रामदुलार रामको नेतृत्वमा प्रहरी परिचालित गरिएको छ ।
सडक, फूटपाथमा भएका सबैखाले अतिक्रमण हटाउने काम अहिले जारी छ । सडक फराकिलो गर्ने क्रममा सडक बत्ती पनि व्यवस्थित गर्ने काम भएको छ भने डिभाइडर राखेर जाम नियन्त्रणको प्रयास गरिएको छ ।