प्रस, जनकपुरधाम, २ भदौ/
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधवार पदभार ग्रहण गरेका छन् । जनकपुरधाम मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
सो अवसरमा मन्तव्य व्यक्त गर्दै प्रदेश प्रमुख मिश्रले प्रदेश सरकारसँग समन्वय गरेर प्रदेशको कामलाई अघि बढाइने बताए । शपथग्रहणको भोलिपल्ट उनले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो ।