प्रस, वीरगंज, ९ साउन/
वीरगंज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले रक्तसञ्चार केन्द्र भवनको शिलान्यास गरेका छन् ।
कोलिनिका अगाडि वीरगंज महानगरको हाल सशुल्क पार्किङ रहेको पुरानो वारुणयन्त्र रहेको जग्गामा रक्तसञ्चार केन्द्र भवन निर्माणको लागि नगरप्रमुखले शिलान्यास गरेका हुन् । उनले नारायणी अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्र अस्पतालको नयाँ संरचना बन्दा र मेनरोड फराकिलो हुने हुँदा विस्थापित हुने हुनाले यस्तो व्यवस्थापन गरिएको बताए । उनले भवन निर्माणको लागि महानगरपालिकाले चालू आवमा २५ लाख रकम छुट्याएको र थप सहयोग गर्ने आश्वासन दिए ।
उनले भवनमा एउटा कोठा आप्ना पिता स्व. चिरञ्जीवीलाल सरावगीको स्मृतिमा आप्mनो खर्चबाट बनाइदिने घोषणा गरे ।
महानगरपालिकाले उपलब्ध गराएको जग्गामा पाँच तल्ले भवन खडा गरिने नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेलले बताए । उनले सो अनुरूपको डिजाइन तयार भएको र चन्दा सहयोगमा करीब साढे ४ करोडमा भवन निर्माण हुने जानकारी गराए ।
शिलान्यास कार्यक्रममा उपप्रमुख शान्ति कार्की, नेपाल रेडक्रस सोसाइटी प्रदेश सभापति फुलमहम्मद मियाँ, रेडक्रस पर्साकी उपसभापति मधु राणा, मन्त्री शैलेन्द्र चौरसिया, महन्त यादव, दयाशङ्कर सिंह र रक्तसञ्चार केन्द्रका प्रमुख उदयराज शर्मा तथा प्राविधिक प्रमुख सौरभराज पाण्डे, वडाध्यक्ष बैजु स्वर्णकार, सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापालगायतको सहभागिता रहेको रेडक्रसका सहायक राजन श्रीवास्तवले बताए ।