प्रस, सप्तरी, २२ असार/

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीको सदरमुकाम राजविराजस्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मङ्गलवार शिलान्यास गरेका छन् । भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले देशको विविधता नै हाम्रो पहिचान र विशेषता भएको भन्दै यसलाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताए ।

प्रधानमन्त्री ओलीले भौगोलिक, सामाजिक, भाषिक विविधताप्रति गौरव गर्नुपर्ने भन्दै यो द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको बताए । आफू नेतृत्वको सरकारले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पु¥याएको दाबी गर्दै भने, “कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम ग¥यौं । खेतहरूमा सिंचाइको प्रबन्ध हामीले ग¥यौं, हामी विकास गर्न सक्छौं । विकासका कामलाई अगाडि बढाउन सक्छौं ।”

प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य चाँडै सम्पन्न हुने बताए । “भवन निर्माणको काम छिटै र गुणस्तरीयरूपमा सम्पन्न हुनेछ । जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सम्पन्न हुनेमा ढुक्क छौैं,” उनको भनाइ थियो ।

कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठान ६२ बिघा जग्गा क्षेत्रफलमा निर्माण हुन लागिएको हो ।

यसको विस्तृत परियोजना प्रतिवेदनका लागि मात्रै १५ करोड रुपैयाँ छुट्याइएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा रणजीतकुमार झाले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, मधेसी आयोगकी सदस्य आभासेतु सिंह, पूर्व सिंचाइमन्त्री उमेशकुमार यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य सुखराम यादव, जनता समाजवादी पार्टी प्रदेश २ का सचिव दिनेश यादव र जिल्ला अध्यक्ष केदारप्रसाद यादव, राजविराज नगरपालिकाकी उपप्रमुख साधन झा, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here