प्रस, वीरगंज, २० असार/

पिस फर दलित फाउन्डेशन नेपाल र ग्रामीण दलित शिक्षा केन्द्र विकास नेपाल दाड्ढो संयुक्त सहकार्यमा रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा निषेधाज्ञा अवधिमा प्रभावित प्रयाग महरा चमारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरिएको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए।

रौतहटमा जारी निषेधाज्ञाको कारण चमार परिवारको अवस्था निकै दयनीय भएको र खानसमेत समस्या भएको देखिएपछि निजलाई ३० किलोको ६ बोरा चामल, १५ किलो आलु, ५ लिटर खानेतेल, ५ किलो दाल, ३ किलो नून, १० वटा साबुन, ५ प्याकेट सर्फ, आयुर्वेदिक औषधि र १० थान मास्क सहयोग गरेको अध्यक्ष रामले बताए। यसैगरी, अमेरिकामा बस्दै आएका दम्पती अनिल सेन्चुरी र सुनीता सदाशङ्करले रु १७ हजारबराबरको कपडा, खाद्यान्न सहयोग गरेको उनले बताए।

कार्यक्रममा दलित सामुदायिक विकास केन्द्र रौतहटका अध्यक्ष उदयनारायण, डोम समुदायका अध्यक्ष विजय मलीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here