प्रस, सिम्रौनगढ, १७ असार/

अविरल वर्षाको कारण सिम्रौनगढ र वरिपरि लगाइएको चैते (दुतरा) धानमा ठूलो क्षति भएको छ । सिम्रौनगढ, बङ्कुल, पचरौता, बेलदारी, आदर्शकोतवाल, कोल्हवी, बरियारपुरलगायतका क्षेत्रमा गरिएको चैते धान पानी र हावाहुरीको कारण क्षति पुगेको हो ।

हजारौं बिघामा लगाइएको चैते धान पानीको कारण कुहिने अवस्थामा पुगेको छ । किसानहरूले खेतको पानी निकाल्न कुलो बनाइरहेका छन् । जसको कारण केही मात्रामा चैते धानलाई क्षति कम हुने किसानहरूको अनुमान छ । तयारी भएका चैते धान बचाउन यो उपाय अवलम्बन गरिए पनि तयारी अवस्थामा रहेको चैते धान नसकिएको सिम्रौनगढ बजारका कृषक नागेन्द्र पडितले बताए ।

यो क्षेत्रका ९० प्रतिशत किसानले बिजी १४४४२ जातको धान लगाएका छन् । फागुनदेखि चैतसम्म यो धान लगाइन्छ । यस क्षेत्रका २० प्रतिशत किसानले मात्र चैते धान भिœयाएका छन् बाँकी ८० प्रतिशत किसानले ढिलो गरेकोले धानबालीमा हावाहुरी, पानीले क्षति पु¥याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here