प्रस, गरुडा, १७ असार/

रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले बिहीवार पुनः पदभार ग्रहण गरेका छन्। एकै कार्यकालमा नगरप्रमुख कुशवाहाले तेस्रोपटक पदभार ग्रहण गरेका हुन्।

गत असार ११ मा निर्वाचन आयोगको पत्रले पदमुक्त भएका कुशवाहाले सर्वोच्च अदालतको अन्तरिम आदेशको पत्र प्राप्त भएपछि बिहीवार पुनः पदभार ग्रहण गरेका हुन्। सर्वोच्च अदालतको अन्तरिम आदेशबाट मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले बुधवार पदभार ग्रहण गरेकी हुन्।

एकै कार्यकालमा कटहरिया नगरप्रमुख कुशवाहाले तेस्रोपटक पदभार ग्रहण गरेका हुन्। एकै कार्यकालमा तीनपटक पदभार ग्रहण गर्ने वर्तमान संरचनाका सम्भवतः पहिलो नगरप्रमुख कुशवाहा बन्न पुगेका छन्। यसअघि वीरगंजका काशीनाथ तिवारी हत्याकाण्डमा जेल गएपछि कुशवाहालाई सर्वोच्च अदालतले उक्त घटनामा सफाइ दिएको थियो।

कटहरिया नगरपालिका गठन भएपछि भएको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका कुशवाहालाई गत वैशाखमा माओवादी केन्द्रले कारबाही गरेको थियो। कुशवाहालाई दल त्याग गरेर अर्को दलमा प्रवेश गरेको भन्दै कारबाहीको पत्र निर्वाचन आयोगमा पठाएपछि गत असार ११ मा निर्वाचन आयोगले पद रिक्त भएको सूचना सार्वजनिक गरेको थियो।

पहिलोचोटि निर्वाचित भएपछि पदभार ग्रहण गरेका कुशवाहालाई दुईपटक सर्वोच्च अदालतले पुनर्बहाली गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here