प्रस, वीरगंज, १७ असार/

एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज प्रालिले एक्सपर्ट फाउन्डेशनको सहयोगमा नारायणी अस्पताल वीरगंजलाई १० लिटर क्षमताको एक थान अक्सिजन कन्सेन्टे«टर सहयोग गरेको छ।

एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज प्रालि वीरगंजका प्रबन्धक दीपक महर्जनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानलाई सो सामग्री हस्तान्तरण गरे। उक्त अवसरमा मेसु प्रधानले अक्सिजन कन्सेन्टे«टरले बिरामीको उपचारमा सहयोग पु–याउने भन्दै संस्थालाई धन्यवाद दिए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य विजय कुशवाहालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here