नितेश कर्ण, वीरगंज, १७ असार/
बारा जिल्लामा निषेधाज्ञा अवधिमा ९ वटा विषसेवनको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय, बाराका मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्ष्Fक सुरेन्द्र यादवले तीनजना महिला र छजना बालबालिकाले विषसेवन गरेको बताए।
यसैगरी, यो अवधिमा एकजना महिला र दुईजना बालकको कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। जबरजस्ती करणीका ११, बहुविवाहका २ वटा मुद्दा दर्ता भएको प्रनि यादवले बताए।
वैशाखमा महिलाविरुद्ध घरेलु हिंसाका ५९ वटा मुद्दा दर्ता भएको छ भने महिलाविरुद्धको सामाजिक हिंसा ४६ वटा मुद्दा दर्ता भएको छ। वैशाखमा दर्ता भएको महिला हिंसाविरुद्धको १०५ वटा मुद्दामा ५४ वटा मुद्दा मिलापत्रमा टुङ्गिएको र बाँकी मुद्दा अनुसन्धानको क्रममा रहेको उनले बताए।
यसैगरी, जेठमा घरेलु तथा सामाजिक महिला हिंसाका ११२ वटा मुद्दा दर्ता रहेको र सोमध्ये ४१ वटा मुद्दा दर्ता भएको र बाँकी मुद्दा अनुसन्धानको क्रममा रहेको उनले जानकारी गराए।