प्रस, महोत्तरी, १४ असार/

सोमवार बिहान वर्षासँगै परेको चट्याङ लागेर महोत्तरीमा दुर्ईजनाको ज्यान गएकोे छ । मृत्यु हुनेमा मनरासिस्वा –४ की प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँँका विशेश्वर राय रहेको प्रहरीले जनाएको छ ।

५० वर्षीया प्रेमशिलाको घरनजीकै खेतमा धानको बीउमा मल छर्ने क्रममा चट्याङ लागेको थियो । त्यसैगरी, ८० वर्षीय रायको गाउँनजीक भैंसी चराउँदै गर्दा चट्याङ लागेर घटनास्थलमैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here