सञ्जीव मिश्र, विन्ध्यवासिनी, १४ असार/

विन्ध्यवासिनी गाउँपालिकामा सञ्चालित विकास निर्माण कार्यको प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले निरीक्षण गरेका छन् । उनले वडा नं २ गर्दौलमा निर्माण भइरहेको विद्यालय भवन, स्वास्थ्यचौकी, विद्यालयको पर्खाल निर्माण, छठघाट निर्माणलगायतका निर्माण कार्यको निरीक्षण गरेका हुन् ।

प्रदेश सरकारको बजेटमा भगवती नेरा बागड मैना प्रावि गर्दौलमा रु २० लाखको लागतमा पर्खाल निर्माण भइरहेको छ । यसैगरी, सङ्घीय सरकारको बजेट रु ३८ लाखको लागतमा निर्माण भइरहेको स्वास्थ्यचौकी, रु १५ लाखको लागतमा निर्माण भइरहेको नेरामावि गर्दौलको विद्यालय भवन र गाउँपालिकाको बजेट रु १२ लाखको लागतमा निर्माण भइरहेको गर्दौल छठघाटको प्रमुख प्रशासकीय अधिकृत रौनियारको टोलीले निरिक्षण गरेको हो ।

सो अवसरमा उनले निर्माण कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिए । उनले उपभोक्ता समितिमार्फत भइरहेका काम तोकिएको समयमा सम्पन्न गर्न सुझाए । अनुगमनमा लेखा अधिकृत मिथिलेश कुशवाहा, इन्जिनीयर सन्तोष साह, सबइन्जिनीयर अप्पु गुप्ता, सपेन्द्र साह, सोमा यादव, योजना प्रमुख सीताराम पण्डित, न्यायिक समितिका गम्भीरा साहलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here