प्रस, रक्सौल, ७ असार/

रक्सौलका विधायक प्रमोद सिन्हाले योग भारतको सांस्कृतिक विरासत भएको बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राजदेवी केसरिया भवनमा आयोजित कार्यक्रममा उनले योग सांस्कृतिक विरासत र प्राचीन परम्पराको अमूल्य धरोहर भएको बताए ।

योग अहिले विश्वको लागि भारतको अमूल्य उपहार भएको पनि उनले दाबी गरे । विधायक सिन्हाले योग शरीर, मन र आत्मालाई नियन्त्रित गर्ने माध्यम भएको बताए । उनले योगले मनुष्य र प्रकृतिबीच सामञ्जस्य कायम गर्ने दाबी गरे ।

कार्यक्रममा जिल्ला प्रभारी राजकुमार गुप्ता, युवा मोर्चा प्रदेश महामन्त्री जीतेन्द्र कुमार, जिल्ला प्रवक्ता सहसांसद प्रतिनिधि राजकिशोर राय, अतिपिछडा मोर्चा जिल्ला अध्यक्ष धर्मराज साह, नगर महामन्त्री रवि गुप्ता, कमलेश कुमार, देशबन्धु कुमार, राजकिशोर सिंह, रामजी, धीरज पटेल, रोहित दास, कन्हैया सिंहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here