अस्पताल यसै पनि, सामान्य अवस्थामा पनि, नभई नहुने चीज हो। मानिस रोगको घर हो, सबै उमेरका व्यक्तिलाई केही न केही रोग लागि नै रहेको हुन्छ। झन् अहिले शिक्षाको प्रचारप्रसार तथा सरकारको तत्परताका कारण मानिसमा स्वास्थ्य सचेतना पनि वृद्धि भएको छ। सानो स्वास्थ्य समस्या भएपनि चिकित्सकसँग परामर्शकै खातिर पनि मानिस अस्पताल पुग्ने गर्दछन्। झन् अहिले त कोरोनाजस्तो असाध्य महामारीले विश्वलाई नै दग्ध पारेको छ। यस्तोमा नेपालजस्तो देश जहाँ चिकित्सक, औषधि आदिको अभाव छ, नागरिकको स्वास्थ्य सचेतना भने बढेको छ, महामारीलाई नियन्त्रण गर्न तत्पर र सेवाभावी अस्पताल र चिकित्सकहरू उपलब्ध हुनुपर्नेमा यस गम्भीर बेलामा भएजति नाफा कमाइहालूँ, अवसरको अधिकतम फाइदा उठाइहालूँ भन्ने भावना बलवती भइरहेको देखिन्छ। यो कुरा समाजको सबै क्ष्Fेत्रमा देखिएको छ, तर अहिले अस्पताल र चिकित्सक तारो बन्नुको एक मात्र कारण हो–कोरोना। यो शब्द नै भयावह बनेको छ। सबैलाई कोरोना सङ्क्रमण हुने भय छ, भइहाल्यो कि भन्ने आशङ्का बढी छ। यस्तोमा त्राण दिने त अस्पताल नै हो।
आज हाम्रो देश सबै क्ष्Fेत्रमा सङ्क्रमणको शिकार छ। सङ्क्रमण भन्नेबित्तिकै कोरोना–सङ्क्रमण मात्र होइन, राजनीतिक–सङ्क्रमण, सामाजिक–सङ्क्रमण, नैतिक–सङ्क्रमण पनि हुन्। समाजमा धेरै समयदेखि राजनीतिक सङ्क्रमण पलाइरहेको छ। कोरोनाको पहिलो लहरपछि अवस्था सामान्य भयो भनिरहँदा दोस्रो लहर आएजस्तै राजनीतिमा बहुमत मात्र होइन, अधिक बहुमत (तीनचौथाई) को सरकार आएर अब राजनीतिक सङ्क्रमण सिद्धियो भनिरहँदा पहिलेभन्दा पनि पेचिलो राजनीतिक सङ्क्रमण देखाप–यो। राजनीतिक समस्या वा सङ्क्रमणलाई निकास दिन राष्ट्रपति बनाइयो तर राष्ट्रपति सरकारको रबरस्टाम्प बनेपछि राजनीतिक सङ्क्रमणले कसरी निकास पाओस् ? रोगको समाधान गर्ने अस्पताल नै स्वार्थी बनेपछि रोगी कहाँ जाओस्, राजनीतिको अस्पताल मानिएको राष्ट्रपति पद नै सरकारको चोचोमा चोचो मिलाउने भएपछि राजनीतिक सङ्क्रमण कसरी हराओस् ? यी सबै समस्याको समाधान दिने सांसदहरू संसदीय कोषका लागि सरकारको हिमायती बन्न थालेपछि त झन् सङ्क्रमणले विकृति ल्याउने नै भयो।
कुनै पनि राज्यको मियो भनेको सरकार हो। सरकार नै सङ्क्रमणले मक्किएको छ भने दाइँ कसरी हुने ? यसैको असर हो नेपालमा नैतिक सङ्क्रमण फैलनु। र नैतिकता यस्तो कुरा हो, जुन सङ्घसंस्थामात्र होइन, व्यक्तिव्यक्तिमा आवश्यक मानिन्छ। व्यक्तिमा पनि बौद्धिक वर्ग बढी नैतिक हुनुपर्छ भन्ने मान्यता छ। तर बौद्धिक वर्ग त राजनीतिक सिद्धान्तका अनुसार पक्ष्F र विपक्ष्Fमा विभक्त छ। बुद्धिको पनि राजनीतीकरण हुने यस मुलुकमा के चिकित्सक, के शिक्षक, के व्यापारी, के वकील, के पत्रकार सबैमा नैतिकता –हासको सङ्क्रमण कोरोना सङ्क्रमणभन्दा पनि शक्तिशाली रूपमा विद्यमान रहेको छ। त्यसैले त सरकारले कोरोना खोप खरीद गर्न बजेट निकासा गर्छ तर कमिशन पाइएन भनेर कसैले दाबी गर्नेबित्तिकै खोप खरीद हुनै पाउँदैन। आपत्कालमा सामान्य नियम निरस्त गर्न सरकार स्वतन्त्र हुन्छ, तर आफ्नो स्वार्थको बाटोको तगारो हटाउन सामान्य समयमा पनि विधेयक ल्याउन सक्ने सरकार जाबो कमिशनको तगारो हटाउन सक्दैन। योभन्दा भयावह कोरोना सङ्क्रमण हुनै सक्दैन। यसलाई कुनै खोपले निको पनि पार्न सक्दैन।