प्रस, परवानीपुर, २३ वैशाख/

                पर्साको एउटा पालिकाले कोरोना महामारीको दोस्रो चरणमा मृत्यु भएका परिवारको एक जनालाई रोजगार दिने घोषणा गरेको छ। पर्साको पश्चिम–दक्षिणस्थित छिपहरमाई गाउँपालिकाले यस्तो अभियान चलाएको गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले बताएका छन्।

                उनका अनुसार गाउँपालिकाको सम्पूर्ण कोरोना सङ्क्रमितहरूको उपचारमा लाग्ने खर्च पनि पालिकाले बेहोर्ने उनले कार्यक्रम ल्याएका छन्। कोरोना महामारीको बेला गाउँपालिका भरिका गरीब असहायलगायत सङ्क्रमितको उपचारमा कुनै कमी कमजोरी नहोस् भनी गापाकै पूर्ण खर्चमा सङ्क्रमितको उपचार गरिने उनले बताए। “मैले पालिकामा सूचना सार्वजनिक गरेको छु, यदि सङ्क्रमण भयो भने तत्काल पालिकाको वडा स्वास्थ्य चौकीमा सम्पर्क गरी औषधी उपचारलगायत सेवा लिन सकिन्छ”–उनले भने–“मैले कसैको मृत्यु नहोस् भनेर भगवानसँग प्रार्थना गर्दछु, तर पनि भावितव्यलाई कसरी टार्न सकिन्छ,यदि कसैको कोरोना सङ्क्रमणले मृत्यु भयो भने मृतकको परिवारजनमध्ये एकजनालाई पालिकाले रोजगारको व्यवस्था मिलाउँछ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here