प्रस, वीरगंज, १८ वैशाख/

      नारायणी अस्पतालमा सङ्क्रमितका कुरुवाहरूबाट सङ्क्रमण फैलने सम्भावना बढेको छ।

      अस्पतालको आकस्मिक कक्षमा कोभिड सङ्क्रमितलाई राखेर उपचार गर्नुपरेको अवस्थामा उनीहरूको हेरचाहमा आएकाहरूले सावधानी नअपनाउँदा सङ्क्रमण फैलने भय बढेको हो।

      सङ्क्रमितहरूको उपचार गर्न कोभिड स्वास्थ्य निर्देशिका–२०७७ अनुसार सङ्क्रमित भएका वा शङ्काको घेरामा रहेका व्यक्तिको उपचार स्वयम् स्वास्थ्यकर्मीले नै गर्नुपर्ने, कुरुवा वा सहयोगीको प्रयोग नगर्न उल्लेख छ। तर नारायणी अस्पतालमा कोभिड चेकजाँच गराउन र सङ्क्रमण पुष्टि भएपछि उपचार गराउनेहरूसँग कुरुवा रहने गरेको र उनीहरू सङ्क्रमितसँग सम्पर्कमा रहनुका साथै औषधि र अन्य खरीद कार्य गर्ने गरेको पाइएको छ। नारायणी अस्पतालको बेड नं ६ मा उपचार गराइरहेका एकजना सङ्क्रमितका कुरुवा बाहिर रहेको औषधिपसलमा पुगेको घटना अहिले चर्चाको विषय भएको छ। सङ्क्रमण पुष्टि भएपछि अस्पतालले औषधिलगायत सबै प्रकारका हेरचाह गर्ने जिम्मेवारी हो। तर सङ्क्रमितको लागि ती व्यक्ति कसरी औषधि खरीद गर्न पुगे अहिले अनुसन्धानको विषय भएको छ। नारायणी अस्पतालमा कोरोना सङ्क्रमितप्रति लापरवाही हुँदै आएका समाचारहरू यसअघि पनि प्रकाशन भएका हुन्। तर अस्पतालले यस्तो संवेदनशील विषयमा सावधानी अपनाउने गरेको छैन।

      अहिले पनि आकस्मिक कक्षमा दुवैथरी बिरामी आउने, उनीहरूको उपचार सँगै गर्ने र पिसिआर रिपोर्ट आउनुअघि त्यस्ता शङ्कास्पद बिरामीलाई सुरक्षा विधि अपनाउने कार्य भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here