प्रस, रौतहट, १८ वैशाख/

      गौर नगरपालिका–१ निवासी २६ वर्षीय सुधीरकुमार जैसवाललाई प्रहरीले सट्टेबाजीको कसूरमा पक्राउ गरेको छ।

      युनिभर्सल मोबाइल एशेसरिज नामक पसल सञ्चालन गरेका उनले सोही पसलबाट आइपिएलको सट्टेबाजी गरेको सूचनाको आधारमा छापामारी गरेको र आवश्यक प्रमाणसहित निजलाई पक्राउ गरी अदालतबाट सात दिने म्याद थमाएको जिप्रका, रौतहटले जनाएको छ।

      पक्राउ परेका जैसवालको पसलबाट सट्टेबाजी गर्ने ४८ जनाको सूची फेला परेको र विभिन्न माध्यमबाट उनले रु १७ लाख ३९ हजार बराबरको सट्टेबाजी गराएको पुष्टि भएको प्रहरीले दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here