प्रस, गरुडा, १६ वैशाख/
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले जिल्लाका सक्रिय सञ्चारकर्मीलाई मास्क तथा सेनिटाइजर प्रदान गरेको छ। कोरोना महामारीको समयमा फिल्डमा खट्ने सञ्चारकर्मीलाई केही सजिलो बनाउन प्रत्येक सञ्चारकर्मीलाई पच्चीस थान सर्जिकल मास्क र दुर्ई साना बोतल सेनिटाइजर उपलब्ध गराइएको शाखा अध्यक्ष प्रेमचन्द्र झाले बताए।
नवनिर्वाचित पदाधिकारीले जिल्लाका सक्रिय सञ्चारकर्मीलाई पहिलो खेप सामान्य सहयोग उपलब्ध गराएको र केही दिनमा फेरि पनि यस्तो अति आवश्यक सामग्री उपलब्ध गराइने शाखाका सचिव मदन ठाकुरले बताएका छन्।