प्रस, रौतहट, १६ वैशाख/
जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिले आह्वान गरेअनुरूप गौर नगरपालिकाले अस्पताललाई रु साढे पाँच लाख दिएको छ।
कोरोनाको दोस्रो लहर तीव्ररूपमा बढ्दै गएपछि सङ्क्रमितलाई जिल्लामा उपचार गराउन आइसोलेशन, भेन्टिलेटरसहितको शøया, एचडियू, एम्बुलेन्सलगायत औषधि, उपकरण खरीद गर्न १८ वटै पालिकालाई ५/५ लाख रुपैयाँको दरले उक्त रकम दिइएको हो।
उक्त रकम गौर अस्पतालको खातामा राखिने जिल्ला प्रशासन कार्यालयको १२ गते बैठकले निर्णय गरेको थियो।
जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त रकम चाँडै गौर अस्पतालमा जम्मा गराउन आग्रह गरेका थिए।
नगरप्रमुख अजय गुप्ताले मानवीय सेवामा गौर नगरपालिका सधैं अगाडि रहेको बताए। उनले भने, “नगरवासीको जीवनरक्षा गर्नु मेरो पहिलो कर्तव्य रहेको हुँदा आजै गौर अस्पतालको खातामा रकम जम्मा गरेको छु।”