प्रस, वीरगंज, १६ वैशाख/
नारायणी अस्पतालको प्रयोगशालाले बिहीवार बिहान १६९ जना सङ्क्रमित पुष्टि गरेको छ।
वैशाख १५ गते बुधवार सङ्क्रमित २८८ जनाको स्वाब परीक्ष्Fण गर्दा १६९ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए। सङ्क्रमित हुनेमा पर्साका १४०, बाराका २४, रौतहटका ३, दैलेख तथा सर्लाहीका १/१ जना गरी १६९ जना छन्। सङ्क्रमितहरू १० देखि ७७ वर्ष उमेरका ३६ जना महिला र १३३ जना पुरुष छन्। उनीहरूमा १४.१ देखि ३५.५ सम्म सिटी भ्यालू रहेको प्रवक्ता डा दासले बताए।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।
१२ हजार ५८७ जनाको पिसिआर र ९६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ। २४ घण्टामा मृत्यु भएकाहरूको सङ्ख्या २६ र रिपोर्ट प्राप्त ३५ रहेको मन्त्रालयले जनाएको हो।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ३ हजार २४६ पुगेको र कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख १७ हजार ५३० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here