प्रस, रौतहट, १ कात्तिक/
सबगढादेखि सिसवा हँुदै श्रीसिया जोड्ने हुलाकी सडक निर्माण कार्य गुणस्तरहीन भएको आरोप लगाउँदै युवाहरूले शनिवार निर्माण कार्य रोकेका छन् ।
आश्रय निर्माण सेवाद्वारा भइरहेको यस क्षेत्रको हुलाकी सडक निर्माण कार्य गुणस्तरहीन भएकोबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडक निर्माण कार्य गुणस्तरीय गर्नेतर्पm पहल नभएकोले आज निर्माण काम रोक्नुपरेको प्रेमचन्द्र साहले बताए । बढी मात्रामा माटो मिसाइएको बोल्डर र गिट्टीको प्रयोग भएको र सो नगर्न बारम्बार चेतावनी दिंदा पनि ठेकेदारले वास्ता नगरेको कारण निर्माण काम रोक्नुको विकल्प नभएको उनले बताए ।
उनले माटो मिसिएको निर्माण सामग्रीलाई पानीले सफा गरी प्रयोग गर्न सुझाएको तर वास्ता नगरिएकोले निर्माण हुने सडक कमसल हुने हुँदा काम रोकेर असल काम गर्न दबाब दिएको प्रस्ट्याए । उनले ढलान सडक निर्माणमा खेतको पानी प्रयोग गरिएको, सिमेन्ट र बालुवाको मिश्रण तोकिए अनुसार नभएको आरोप लगाए ।
निर्माण कम्पनीका प्रतिनिधि जीवन चौधरीले नयाँ कामदार खटेकाले काम विवादास्पद भएको स्वीकारे । उनले यसबारेमा अब गुनासो आउन नदिने बताए ।