धर्मेन्द्र चौरसिया, पोखरिया, १५ वैशाख/
इलाका प्रहरी कार्यालय पोखरियाले शनिवार कालिकामाई गाउँपालिका–१ तीनडोबियाको एक घरमा छापामारी गरी चरेससहित घरधनीलाई पक्राउ गरेको छ ।

इप्रका पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीको नेतृत्वमा खटेको प्रहरी टोलीले कालिकामाई गापा–१ तीनडोबियाका बृजेशप्रसाद कुर्मीको घरमा छापामारी गरेको थियो ।

छापामारीको क्रममा सिमेन्टको बोरामा ३१ वटा चरेसका पाकेट बरामद भएको प्रनि केसीले बताए । उनले तौल गर्दा १७ किलो चरेस पुष्टि भएको र घरधनी कुर्मीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here