प्रस, वीरगंज, १५ वैशाख/
अखिल नेपाल टे«ड युनियन महासङ्घ मधेस प्रदेशको आयोजनामा शनिवार वीरगंजको घण्टाघरमा आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित ६१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।

अखिल नेपाल टे«ड युनियन महासङ्घ मधेस प्रदेश अध्यक्ष केदार देवको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको नेकपा (माओवादी केन्द्र) बाराका इन्चार्ज क्षत्रबहादुर श्रेष्ठ (अनिल)ले रक्तदान गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा पुष्पाञ्जलि फुँयाल, रविताकुमारी साह, अर्जुन चिमोरिया, गजाधर पटेललगायतले रक्तदान गरेका थिए । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष बेनीबहादुर तिमिल्सिना, बाल पटेल, रूपनारायण सिंह, रामेश्वर पटेल, टुनटुन तिवारी, वीरेन्द्र पटेल, डिबी थापा, मदन साहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here