प्रस, सिम्रौनगढ, ८ असार/

सिम्रौनगढ नगरपालिकामा आँपसँगै आँटीले पनि बजार पाउन थालेपछि स्थानीय खुशी भएका छन् । नर्सरी सञ्चालन गर्नेहरूले विभिन्न जातका आँपको कलम बनाउन आँटी सङ्कलन गर्न थालेपछि स्थानीयहरू आँपसँगै आँटी बिक्री हुन थालेकोमा हर्षित भएका हुन् । अहिले आँपको आँटीको माग बढेको छ ।

सिम्रौनगढ बजारमा मात्र होइन बारा जिल्लाभरि र छिमेकी रौतहट तथा भारतसम्म आँटीको माग हुन थालेपछि अहिले सिम्रौनगढवासी ‘आमके आम गुठलीके दाम’ भनेर खुशी भएका छन् । आँटी सङ्कलन गर्न ठेकेदारहरूले दलित, मुसहर, डोम, सरभङ्ग आदि जातिका बालबालिकाहरूलाई गाउँगाउँमा खटाएका छन् ।

उनीहरूले आँटी सङ्कलन गर्दै आएका छन् । यसका साथै आँटी बिक्री हुने थाहा पाएका व्यक्तिहरूले आँप खाएर आँटी जम्मा गर्ने र बिक्री गर्दै आएका छन् । अहिले आँपको सिजनमा सिम्रौनगढमा आँटी यत्रतत्र फालिएको देख्न पाइँदैन । प्रायः सबैले आँटी जम्मा गर्ने र बिक्री गर्ने गरेका छन् ।

आँपको आँटी अहिले किलो र प्रतिगोटाको हिसाबले बिक्री भइरहेको छ । सिम्रौनगढका लखिन्द्र महतोले प्रतिगोटा आँटी रु १ को दरले बिक्री गरिरहेको बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here