प्रस, वीरगंज, १८ वैशाख/
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले विश्व सुरक्षा दिवसको अवसरमा ट्राफिक र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री वितरण गरेको छ।
क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर अनिल जायसवालले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई २५० थान मास्क र १५ थान फेस शिल्ड तथा सशस्त्र प्रहरी इनर्वालाई २५० थान मास्क र १० थान फेस शिल्ड वितरण गरेको बताए।
कोरोनो सङ्क्रमणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीलाई सुरक्षा हेतु सो सामग्री प्रदान गरिएको जायसवालले बताए।