चिरञ्जीवी सापकोटा, ठोरी, ६ वैशाख/
ठोरी गाउँपालिका–२ इच्छानगरका आगलागीपीडितलाई घरनिर्माणको लागि ठोरी चितवन समन्वय समाजले रु १ लाख १ हजार आर्थिक सहयोग गरेको छ।
आगलागीपीडितहरूको घरनिर्माण गर्न गठित समितिलाई समाजले आर्थिक सहयोग गरेको समितिका संयोजक धीरसिंह घिमिरेले बताए। ठोरी–चितवन समन्वय समाजका अध्यक्ष चक्रबहादुर कुँवरको नेतृत्वमा चितवनबाट ठोरी आएका समाजका पदाधिकारीहरूले आगलागीस्थलमा पुगेर नगदसहित लत्ताकपडा पनि सहयोग गरेका थिए। समितिले पीडित परिवारको घरनिर्माणमा सहयोग पु–याउने विभिन्न सङ्घसंस्थालाई धन्यवाद दिएको सदस्य विकल आचार्यले बताए।
गत चैत २८ गते आगलागीका कारण ठोरी गाउँपालिका–२ इच्छानगरमा ६ वटा घर र गोठ जलेको थियो।