प्रस, वीरगंज, ८ असार/

बारा जिल्ला विश्रामपुर गाउँपालिका–२ बरैनियास्थित हनुमान मन्दिरका पुजारी र अर्का एक व्यक्तिलाई प्रहरीले युवक हत्याको आरोपमा पक्राउ गरेको छ ।

बारा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले आपूmसहितको टोलीले अनुसन्धान गर्दा विश्रामपुर गापा–२ बरैनियाका २५ वर्षीय भादो भन्ने वीरेन्द्र बैठाको असार ३ गते भएको हत्यामा मन्दिरका पुजारी ७२ वर्षीय वीरबहादुर यादव (दास बाबा) र ३५ वर्षीय फेटा गापा–३ पूmलवरियाका पारस महतो धानुक कसूरवार देखिएपछि असार ७ गते पक्राउ गरेको बताए ।

उनले मृतक बैठाले मन्दिरमा पुजारीले प्रयोग गर्ने गाँजा र पैसा चोर्दै आएको र सो दिन पनि चोरी गर्न आउँदा पुजारी दास बाबाले फलामे चिमटाले प्रहार गर्दा बैठा घाइते भई लडेको र मन्दिरमा भएका अर्का पारस महतो धानुकले बाँसको फाटाले हिर्काएको कारण निजको मृत्यु भएको उनीहरूले बयान उद्धृत गर्दै बताए । अभियुक्तहरूले कसूर स्वीकार गरेको प्रनाउ मिश्रले बताए ।

पक्राउ परेका धानुक र पुजारी दास बाबालाई कर्तव्य ज्यान मुद्दामा कारबाई अगाडि बढाएको प्रवक्ता मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here