प्रस, वीरगंज, १४ वैशाख/
पिस फर दलित्स फाउन्डेशन नेपालको सहकार्यमा पर्सा जिल्लाका चार स्थान र बारा जिल्लाको एक स्थान गरी पाँच ठाउँमा सञ्चालित निश्शुल्क ट्युशनले दलित विद्यार्थीहरूमा शिक्ष्Fाप्रति जागरूकता पैmलाएको छ ।

दलित समुदायका बालबालिकाहरूको विद्यालयसम्म पहुँच नभएको र विद्यालय भर्ना भएका दलित विद्यार्थीहरू पनि बीचमैं विद्यालयबाट बाहिरिने गरेकामा अहिले फाउन्डेशनले सञ्चालन गरेको निश्शुल्क ट्युशनका कारण दलित विद्यार्थीहरू विद्यालय जाने र बीचमा छाड्ने प्रवृत्तिमा पनि कमी आएको छ । यसका साथै उनीहरूको शैक्षिक गुणस्तरमा पनि वृद्धि भएको छ ।

पिस फर दलित्स फाउन्डेशन नेपाल मधेस प्रदेशका अध्यक्ष मनोज रामले यसपालिको वार्षिक परीक्ष्Fामा  निश्शुल्क ट्युशन पढिरहेका विद्यार्थीहरूको उत्तीर्ण सङ्ख्यामा वृद्धि भएको बताए । उनले ट्युशन सञ्चालन हुनुअघि दलित विद्यार्थीहरूको उत्तीर्णाङ्क परिणाम १५ प्रतिशत रहेकामा अहिले वृद्धि भएर ५० प्रतिशत पुगेको बताए ।

रामले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–३ कौवावन कटैया, वडा नं ५ महुवन, वीरगंज महानगरपालिका–१९ विन्ध्यवासिनी (केहुनिया) र बारा जिल्लाको जीतपुरसिमरा गापाको इनर्वा बसडिलवा गरी पाँच ठाउँमा निश्शुल्क ट्युशन सञ्चालन भइरहेको बताए । उनले शुरूमा दुई स्थानमा र गत वर्षदेखि तीन स्थान थप गरी पाँच स्थानमा निश्शुल्क ट्युशन सञ्चालन भइरहेको र यसको परिणाम राम्रो देखिएको बताए । उनले अनुत्तीर्ण हुने दलित विद्यार्थीको सङ्ख्या बढी भएको र कम अङ्क आउने गरेकामा ट्युशनमा सहभागी एक हजार दलित बालबालिकामध्ये ५० प्रतिशत उत्तीर्ण भएका र उनीहरूको शिक्ष्Fा सिकाइमा पनि सुधार आएको बताए । अहिले उत्तीर्ण र अनुत्तीर्ण भएकाहरूको अङ्क बढेको अध्यक्ष रामले बताए ।

अध्यक्ष रामले पाँच स्थानमा बालविकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई निश्शुल्क ट्युशनको व्यवस्था गरिएको र यसले दलित बालबालिकाहरूको शिक्ष्Fामा परिवर्तन आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here