प्रस, सेढवा, १४ वैशाख/
शिक्षक सेवा आयोगबाट सिफारिश भएर आएका स्थायी शिक्षकहरू पर्साका दुईवटा गाउँपालिकाले पदस्थापन गरेको छैन ।
जिल्लाको धोबिनी र सखुवाप्रसौनी गाउँपालिकाले नियुक्ति भएको दुर्ई साता बितिसक्दा पनि पदस्थापन नगरेको शिक्षकहरूले गुनासो गरेका छन् । धोबिनी गापा–२ आसवारी घर भएका शिक्षक सोनालाल महतोका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ पर्साबाट चैत २८ गते नियुक्तिपत्र बुझेको र धोबिनी गापामा पठाएको बताए । गाउँपालिकाको कार्यालयमा पुग्दा भोलि–पर्सि गर्दागर्दै दुर्ई महीना बितिसकेको महतोले बताए । सो पालिकामा शिक्षा विकास तथा समन्वय एकाइ पर्साले छजना स्थायी शिक्षकलाई पठाएको थियो ।

बाँके जिल्ला घर भई धोबिनी गापामा खटन आएका रामप्रसाद थारूले चैत २८ गतेदेखि गाउँपालिकाको कार्यालयमा बस्दाबस्दै खर्च रकम सकिएपछि घर फर्केको बताए । वैशाख १६ गते आइतवार शिक्षकहरूलाई पदस्थापन गर्ने गापाबाट सूचना आएको हुँदा आइतवार बिहान पुग्ने गरी घरबाट आउने थारूले बताए ।

त्यस्तै, सखुवाप्रसौनी गापामा पनि शिक्षकको पदस्थापन भएको छैन । सो गापामा आएका १४ जना शिक्षकमध्ये ११ जनालाई पदस्थापन गरिएको शिक्षा शाखा प्रमुख नेपालन्दु साहले बताए । पालिकाले शिक्षा विकास तथा समन्वय एकाइ पर्सासँग माग गरिएको तर १४ जना पठाएकाले पदस्थापन गर्न समस्या भएको शाखा प्रमुख साहले बताए । तापनि ११ जनालाई पदस्थापन गरी तीनजनालाई एकाइमैं पठाउने शाखा प्रमुख साहले बताए ।

यता ठोरी गाउँपालिकामा स्थायी शिक्षकहरूको पदस्थापन गर्नका लागि १० जना करार शिक्षकलाई खारेज गरिएको शिक्षा शाखा प्रमुख भुपाल जोशीले बताए । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले १२ जना शिक्षक पठाएकामा एउटा मात्र रिक्त दरबन्दी रहेको जोशीले बताए । एकजना करारका शिक्षक सिफारिश भई आएका र बाँकी शिक्षक पदस्थापनका लागि करारका शिक्षक खारेज गरिएको जोशीले बताए ।

उता पटेर्वासुगौली गापामा पनि स्थायी शिक्षकहरूलाई पदस्थापन गर्न करारलाई खारेज गरिएको छ । एकाइले पठाएका १५ जना शिक्षकका लागि सातवटा रिक्त दरबन्दी रहेको जानकारी आएको छ । सबैको पदस्थापनका लागि करारका आठजना कनिष्ट शिक्षकलाई पदमुक्त गरिएको छ ।

सखुवाप्रसौनी गाउँपालिकाका शिक्ष्Fा शाखा प्रमुख नेपालेन्दु साहले गापाले आठजना शिक्षक माग गरेको तर शिक्ष्Fा विकास तथा समन्वय एकाइ, पर्साले १४ जना शिक्षक पठाएको बताए ।

पर्सामा यस वर्ष शिक्षक सेवा आयोगले १८२ जना शिक्षकलाई सिफारिश गरेको छ । शिक्षा नियम अनुसार प्रत्येक शिक्षकले एक शैक्षिक सत्र अर्थात् वैशाख १ देखि चैत ३० गतेसम्म कार्य गरेबापत एक ग्रेट पाउने व्यवस्था रहेको छ ।

पालिकाका जनप्रतिनिधिहरूले विद्यालयमा भएका रिक्त साधारण दरबन्दीमा नजीकका व्यक्ति वा आर्थिक लाभ लिई करारमा नियुक्ति गरेका कारण यो समस्या उत्पन्न भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here